कलाकारिता क्षेत्रका अर्घाखाँचीका दुर्गा बन्जाडेको स्वतन्त्र उम्मेदवारी दिने तयारी

श्रोत : ईन्टरनेट

७ असार,  अर्घाखाँची । ३ वर्षदेखि काठमाडौँमा बसेर कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडेको स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

उनले भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलहरुमा अभिनय गर्दै आएका छन् । बन्जाडेले विभिन्न टेलिसिरियलमा गरेको अभिनयलाई दर्शकले पनि रुचाएका छन् । बन्जाडेले १६ वर्षदेखि काठमाडौँमा मसला कम्पनी सञ्चालन गर्दै आएका छन् ।

frontline

लामो समयदेखि अर्घाखाँचीमा नेकपा एमालेका प्रभावशाली नेता टोप बहादुर रायमाझीको पकट रहेको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट रायमाझीले जितेका थिए। अहिले उनी नेकपा एमालेमा प्रवेश गरेका छन्।

बन्जाडेले त्यही क्षेत्रमा उम्मेदवारी दिने बताएका छन् । चुनावी मैदानमा नेताहरु जनतालाई चिल्ला भाषण दिने र दिएका बाचा अधुरै राख्ने भएकाले त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिने लागेको बन्जाडे बताए ।

आफ्नो गाउँठाउँ, जिल्लाको विकास र मुहार फेर्न उम्मेदवारी घोषणाको तयारी गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here