कलंकी खसी बजार १५ दिनभित्र हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन

२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा सञ्चालित खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

महानगरपालिकाले खसी बजारका कारण वातावरणमा असर पुर्‍याएकाे भन्दै बिहीबार सूचना जारी गरी हटाउन निर्देशन दिएको हो। 

frontline

महानगरपालिकाले यसअघि नै खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर पुगेको भन्दै हटाउन स्थानीयहरुले उजुरी गरेका थिए।

महानगरले व्यवसायीहरू आफैँले वैकल्पिक व्यवस्था गरी बजार हटाउनु भनेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here