कर्मचारीमा कोभिड १९ पुष्टि भएपछि

मेलम्ची नगरपालिकाको अति आवश्यक बाहेकका सबै सेवा बन्द

बैंक तथा बित्तिय संस्थाहरुको लागि समेत बार र समय निर्धारण

मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोभिड १९ पुष्टि भएपछि बैशाख २४ गतेसम्म नगरपालिकाको अति आवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

आज मेलम्ची नगरपालिकाको कोरोना भाइरस कोभिड १९ ब्यबस्थापन समितिको बैठक बसि धुलिखेल अस्पताल द्धारा सञ्चालित बाहुनेपाटि स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको १० बेडको आइसोलेसन वाड ब्यबस्थापन गर्ने निर्णय गरेको छ ।

frontline
मेलम्ची बजार

नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको बैठकले कम्तिमा २ महिनालाई पुग्नेगरि अत्यावश्यक औषधि तथा उपकरण पहिचान गरि खरिद तथा ब्यबस्थापन गर्न स्वास्थ्य शाखा, जिन्सि शाखा र प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखलाई जिम्मेवारी दिइएको छ । त्यस्तै बैठकले नगरपालिका क्षेत्रभित्रका सबै पसल तथा ब्यबशाय प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म मात्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न तथा गराउन समेत आग्रह गरेको छ ।

त्यस्तै १५ जनाभन्दा बढि भेलाभइ गरिने बिबाह,ब्रतबन्ध, भोज भतेर जस्ता विभिन्न सामाजिक कार्यहरु अर्को सुचना प्रकाशन तथा प्रशारण नभएसमका लागि बन्द गर्ने निर्णय भएको नगरपालिकाका सुचना अधिकारी जित बहादुर कार्किले जानकारी दिनुभयो ।

त्यस्तै नगरपालिकाले बैंक तथा बित्तिय संस्थाहरुको लागि समेत बार र समय निर्धारण गरेको छ । जसमा नेपाल बैंक लिमिटेड ,सिन्धु बिकास बैंक र कृषि विकास बैंक आइतबार मंगलबार र बिहिबार १० बजेदेखि २ बजेसम्म खुल्नेछन भने लक्ष्मि बैंक, कुमारी बैंक र सिभिल बैंक सोमबार, बुधबार र शुक्रबार सोहि समयमा खोल्न अनुरोध गरेको छ ।

श्रोत:ईन्टरनेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here