कर्णाली सरकारमा कांग्रेसका दुई मन्त्रीले लिए शपथ

काठमाडौं । सुर्खेत कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन् ।

frontline

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सोमबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

दुवै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।

वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी भएको हो ।

२०७४ सालयता नेपाली कांग्रेसले कर्णालीबाट पहिलोपटक सत्तारोहण सुरु गरेको छ ।

पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here