कम हाइटकै कारण, सधैं मजाकको पात्र

२९ कार्तिक, भारत । यिनी हुन् भारत प्रयागराजकी दिव्यानी राय । एक निजी कलेजमा तीन वर्ष पहिले उनलाई जागिरबाट निकालिएको थियो । कारण थियो– कम उचाइ । 

तर, अहिले भने उनी प्रो.राजेन्द्र सिंह (रज्जु भैया) राज्य विश्वविद्याललयमा असिस्टेन्ट प्रोफेसर बनेकी छन् । 

frontline

उनका लागि यो यात्रा सहज भने थिएन । यद्यपि उनले हिम्मत भने हारिनन् । 

दिव्याका अनुसार उनलाई राज्य विश्वविद्यालयको सम्बन्धनप्राप्त सैनिक डिग्री कलेजमा चित्रकला विभागको जिम्मेवारी छ । उनी अहिले २९ वर्षकी भइन् तर, शारीरिक उचाइ भने ४ फिटभन्दा कम छ ।

उनका अनुसार कम हाइटकै कारण आफूलाई सधैं मजाकको पात्र बनाइन्थ्यो । तर, अहिले भने उनको समाजमा सम्मान गर्ने गरिएको छ ।

‘मलाई असिस्टेन्ट प्रोफेसर पद दिइएको छ,’ उनले भनिन्, ‘मेरो लक्ष्य के छ भने केन्द्रीय विश्वविद्यालयको कुलपति बनुँ ताकि शिक्षा क्षेत्रमा केही ठूलो र राम्रो काम गर्न सकुँ ।’

साथै उनले पछिल्ला केही वर्षदेखि बालबालिकालाई निःशुल्क पढाइरहेकी छन्, जो आर्थिक रुपमा कमजोर छन् । उनले ‘शुरुआत–एक शिक्षाको ज्योति’ संस्थासँग जोडिएर काम गरिरहेकी छन् । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here