कम्बोडियामा ज्यान गुमाएका निराकारको शव झापा ल्याइयो, आज अन्त्येष्टि गरिँदै

७ माघ, झापा । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल (क्यासिनो)मा भएको आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोड १ का निराकार पाण्डेको आज कनकाई माइमा अन्त्येष्टि गरिँदैछ । शुक्रबार काठमाडौँ ल्याइएको उनको शव शनिबार बिहान झापा ल्याएर कनकाई माइमा अन्त्येष्टि गरिन लागिएको हो ।

गत पुस १४ गते कम्बोडियामा निधन भएका पाण्डेको शव २४ दिनपछि गृहजिल्ला झापा ल्याइएको हो । बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो ।

frontline

उनको क्यासिनोमा आगलागी हुँदा होटेलको १२ औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here