कमिशनका कारण वीरगन्जमा पेट्रोलको कृत्तिम अभाव सिर्जना

फाइल तस्बिर

२३ फागुन, वीरगन्ज । इन्धन विक्रेताहरुले कमिशनमा कमि भएको भन्दै इन्धन नउठाएको कारण वीरगन्जमा पेट्रोलको कृत्तिम अभाव सिर्जना भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै इन्धन विक्रेता डिलरवालाहरुले कमिशन नबढाएको भन्दै अमलेखगन्जस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी कार्य रोकेपछि बारा, पर्सामा पेट्रोलियम पदार्थको कृत्तिम अभाव भएको हो ।

frontline

यही हप्ता नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घाटा लागेको भन्दै मुल्यवृद्धि गरेसँगै विक्रेताहरुले पनि आफ्नो कमिशन बढाउनुपर्ने माग राख्दै आएका छन् । जसको कारण वीरगन्जका अधिकांश पेट्रोल पम्पहरु बन्द रहेका छन् ।

आइतबार विहानैदेखि वीरगन्जस्थितका पेट्रोल पम्पहरुले आफ्नो आयल स्टोर अगाडि ‘पेट्रोल छैन’ भनेर बोर्ड झुण्ड्याएको छ ।

वीरगन्ज नेश्नल ट्रेडिङ्गस्थित श्री आयल डिस्ट्रिव्युटर्स, बाइपास रोडमा रहेको दिनबन्धु आयल स्टोर, शुभलाभ आयाल स्टोरलगायत वीरगन्जका सम्पूर्ण आयल स्टोरहरु अहिले पेट्रोल छैन भनेर बोर्ड झुण्ड्याएको छ । पेट्रोल नपाएरपछि सर्वसाधारणहरु मर्कामा परेका छन् ।

वीरगन्जको पावरहाउस चोकस्थिट केडिया आयल स्टोरमा मात्रै पेट्रोल वितरण हुँदै आएको छ । त्यहाँ सयौंको संख्यामा सर्वसाधारणहरुको भीड लागेको छ । पेट्रोलको लागि वीरगन्ज पुरै बजार घुमेपनि कुनैपनि आयल स्टोर खुल्ला नभएको स्थानीयले बताए ।

पेट्रोल पम्पहरुले विभिन्न बहाना बनाई पेट्रोल उपलब्ध नभएको भन्दै फर्काउने गरेको सर्वसाधारणको भनाइ छ ।

बारा, पर्साका केही स्थानमा पेट्रोलियम पदार्थको कृत्तिम अभाव भएको निगमका क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख इ मनोज कुमारले बताए ।

उनका अनुसार शुक्रबार केही ट्याँकरहरुले मात्रै अमलेखगन्जमा गएर इन्धन लोड गरेकोले केही सीमित पेट्रोल पम्पहरुमा इन्धन पाइरहेको बताए ।

ढुवानी व्यवसायीले इन्धन उठाउँदा उनीहरुलाई नेपाल आयल निगमले कमिशन दिने गरेको छ । आयल निगमले इन्धनको मूल्यवृद्धि गरेसँगै कमिशन बढाउन माग गर्दै विक्रेताहरुले पेट्रोल, डिजल नउठाएको पछि समस्य आएको हो ।

कमिशनको विषयमा छलफलको लागि १५ दिनको समय दिइएको भन्दै तत्कालको लागि इन्धन ल्याएर विक्री गर्न विक्रेतालाई भनि सकेको र अब इन्धन अभावको समस्याको समाधन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here