कमल थापाको कुर्सी यथावत्, अर्कै कुर्सीमा बसे लिङ्देन
२० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार सम्हालेका छन् ।
लिङ्देनले चाबहिलस्थित पार्टी कार्यालय पूजाआजा सहित पदभार सम्हालेका हुन् । पदभार ग्रहण गर्दै उनले पूर्वअध्यक्ष कमल थापाको कुर्सीलाई यथावत् राखेर आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका छन् ।
लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । थापापार्टीको अभिभावकको रुपमा रहने र उनलाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा र कुर्सी प्रयोग नगरेको लिङ्देनले बताए ।
राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा कमल थापालाई दुई सय मतअन्तरले पछि पार्दै लिङ्देन आइतबार अध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्