कमला नदीको पुल भासियो
हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भासियो,निर्माणको अन्तिम चरणमा रहेको पुलको एउटा स्पान बाढीका कारण धसियो
जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको भासिएको छ ।
निर्माणको अन्तिम चरणमा रहेको पुलको एउटा स्पान बाढीका कारण धसिएको हो ।
सिरहाको बसपिट्टा घाटमा रहेको पुलको १२ वटामध्ये एउटा स्पान धसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।
एक फिटभन्दा बढी स्पान बाढीमा धसिएको उनले बताए ।
अहिले कमला नदीमा बाढीको सतह बढेको छ ।
पुलको स्पान धसिएपछि पुलको पुनर्निर्माण नै गर्नुपर्ने अवस्था रहेको प्रजिअ कँडेलले बताए ।
पुलको निर्माण लुम्बनी बिल्डर्सले गरिरहेको थियो ।
कम्पनीका इन्जिनियर सूर्यप्रकाश शर्माले दुई साताअघि मात्रै पुल निर्माणको ९९ प्रतिशत काम पूरा भइसकेको र अब फिनिसिङ गर्न मात्र बाँकी रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्