कमलामाई नगरमा पनि पठनपाठन वन्द गर्ने निर्णय

कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूकाे अध्यक्षतामा आज वसेकाे कमलामाई नगर शिक्षा समितिकाे वैठकले नगर भित्र रहेका सवै विद्यालयहरुमा भौतिक उपस्थितीमा हुने  पठनपाठन वन्द गर्ने र सवै प्रकारका परिक्षालाई स्थगित गर्ने निर्णय गरेको छ । 

हाल विश्वभरी फैलिदै गइरहेकाे नयाँ भेरियन्टकाे काेभिड-१९ महामारी नेपालमा समेत फैलिएकाे सन्दर्भमा काेभिड-१९ संकट व्यवस्थापन केन्द्र छाउनी काठमाडाैंकाे CCMC-MGMT को मिति २०७८ बैशाक १२ गतेकाे प्रेस विज्ञप्ती र मिति २०७८ बैशाख १३ गतेकाे मन्त्रिपरिषदकाे निर्णय तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीकाे मिति २०७८ बैशाख १३ काे निर्णय कार्यान्वयन गराउने  निर्णय सहित विज्ञप्ती प्रकाशित गरेको छ । 

frontline

विज्ञप्ती अनुसार कमलामाई नगरपालिका भित्रका सम्पूर्ण विद्यालय तथा शैक्षिक शिक्षालयमा भाैतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठन-पाठन जारी राख्ने र भाैतिक उपस्थितिमा हुने पूर्व निर्धारित सवै प्रकारका परिक्षाहरु/पठनपाठनहरु अर्काे सूचना जारी नभएसम्मका लागी स्थगित गरि विद्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरु वन्द गर्ने निर्णय भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here