कपिलवस्तुमा एकैदिन ८१ फरार अभियुक्त पक्राउ

बिहीवार, कपिलवस्तु । कपिलवस्तु प्रहरीले विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जनालाई एकैदिन पक्राउ गरेको छ।

जिल्लाभित्र भएका विभिन्न अपराधमा संलग्न रही फरार रहेका ८१ जनालाई मंगलबार एकदिनमै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको हो।

frontline

जिल्लामा विभिन्न मिति र समयमा भएका लागुऔषध दुर्व्यसन, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवाजस्ता कसुरमा संलग्न भई जिल्ला अदालतले कसुरदार ठहर्‍याए पनि फरार रहेका ८१ जनालाई एकैदिनमा पक्राउ गर्न सफल भएको हो।

यति धेरै फरार अभियुक्तहरूलाई एकैदिनमा पक्राउ गर्न सफल भएको यो पहिलो घटना भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए।

उनले आफू कपिलवस्तु प्रहरी प्रमुखको रूपमा आएदेखि नै फरार अभियुक्तहरुको  सूचना संकलन एवं प्रहरी कार्यमा सक्रियता दिएसँगै एकैदिनमा सफलता हासिल हुन सकेको बताए।

‘अपराध गरेर समाजलाई दुषित पारेर विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेकाहरूलाई प्रहरीले टुलुटुलु हेरेर बस्दैन, बरु अपराध गर्नेहरू एक दिन अवश्य कानूनको दायरामा आउनैपर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीव्रता दिएका हौं’, एसपी कार्कीले भने।

कार्कीका अनुसार जिल्लाका कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिङगे, र पकडीस्थित इलाका प्रहरी कार्यालयहरूले सबभन्दा धेरै फरार अभियुक्त पक्राउ गरेका छन्।

पक्राउ गरिएका फरार प्रतिवादीहरूलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here