कपाल काट्दा महिलाको कपालमा थुकेको आरोपमा मुद्दा

२४ पुस, काठमाडौं । भारतीय हेयर स्टाइलिस्ट जावेद हबिबलाई महिलाको कपालमा थुकेको आरोपमा मुद्दा दायर गरिएको छ।

मुजफ्फरनगरका खतौली सीओ राकेश कुमारका अनुसार जावेद हबिबविरुद्ध धारा ३५५ (अनादर), ५०४ (अपमान) र महामारी ऐन, १८९७ सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरिएको हो। 

frontline

समाचार एजेन्सी पीटीआईका अनुसार बागपत जिल्लाको बरौत निवासी पूजा गुप्ताको उजुरीका आधारमा मुजफ्फरनगर जिल्लाको मन्सुरपुर पुलिस स्टेसनमा मुद्दा दर्ता गरिएको हो। जावेद हबिबले ती महिलाको कपालमा थुकेको बताइएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार पीडित महिला पूजा गुप्ताले भनिन्, ‘म पार्लर चलाउँछु, त्यस दिन म उनीसँग कपाल काट्ने तरिका  सिक्न त्यहाँ दिन गएको थिएँ।

मलाई थाहा थिएन, उनले मेरो कपालमा थुक्छन् भन्ने। यो अपमान हो। मलाई हेरेर मेरा विद्यार्थी र दर्शक हाँसे।’

महिला आयोगले ध्यानाकर्षण गरायो 
यसअघि राष्ट्रिय महिला आयोगले बिहीबार घटनाबारे तस्बिरसहित ट्विट गरेको थियो।

आयोगकी अध्यक्ष रेखा शर्माले उत्तर प्रदेशका डीजीपीलाई ट्याग गर्दै कपालमा थुकेको महिलाको भिडिओको सत्यतथ्य छानबिन गरी  कारबाही गर्न आग्रह गरेकी छन्।

समाचार एजेन्सी एएनआईका अनुसार महिला आयोगले यस विषयमा दिल्ली पुलिस आयुक्त राकेश अस्थानालाई पत्र पनि पठाएको छ र दोषीलाई कारबाही गर्न माग गरेको छ। महिला आयोगले यस विषयमा जावेद हबिबलाई पनि नोटिस पठाउने भएको छ।

एएनआईका अनुसार मुजफ्फरनगर एसपी सिटी अर्पित विजयवर्गीयले स्थानीय पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको र यस सम्बन्धमा आवश्यक कदम चालिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here