कन्सुलेट कार्यालय ल्याउने मरासिनी, जस लिने अरु
क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा कन्सुलेट कार्यालय स्थापना गर्ने माधव मरासिनीको समूहले गरेको पहललाई ओझेलमा पार्न खोजिए पछि अमेरिकामा हंगामा भएको छ ।
मन्त्रीपरिषद्को सो निर्णयको अमेरिकावासी नेपालीले स्वागत गर्नेक्रममा मुख्य पहलकर्तालाई बाइपास गरेर नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली मंचका सदस्यहरुले जस लिन थालेका छन् । नेपालका नेताहरु विमानस्थलमा पुग्दा खादामाला लगाउन व्यक्त हुने तर जनशरोकारका विषयमा माखो नमार्ने समूहले अहिले फेसबुकमा अतिरंजित गरेको पाइएको छ ।
समाजसेवी तथा संचारकर्मी माधव मरासिनीले नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन ।
‘मन्त्रिपरिषद्को निर्णय नेपाली नागरिकहरुका लागि विदेशमा सहजता र सुरक्षा प्रदान गर्ने दिशामा एक महत्वपूर्ण कदम हो भन्ने विश्वास लिएका छौं’, कार्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका माधव मरासिनीले भने, ‘यो निर्णय नेपालको विदेश सम्बन्धलाई मजवुत बनाउने तथा नेपाली नागरिकहरुको हितमा काम गर्ने एक महत्वपूर्ण कदम हो । हामी विश्वास गर्दछौं कि यो कार्यालयले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुरयाउनेछ।’
कन्सुलेट कार्यालय राख्ने स्थल अध्ययन गर्न परराष्ट्र मन्त्रीलाई कुटनीतिक कर्मचारी पठाईदिन अनुरोध गरेका छन् ।
क्यालिफोर्निया बस्ने नेपालीले कन्सुलेट कार्यालय स्थापनाका लागि परराष्ट्रमन्त्रीसहित अन्य नेताहरुलाई आग्रह गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्