कतारमा घरेलु कामदार ओसारपसार गर्ने एसियाली मुलुकका तीन जना पक्राउ

७ फागुन, दोहा । कतारमा घरेलु कामदार ओसारपसार गर्ने एसियाली मुलुकका तीन जनालाई पक्राउ गरिएको छ ।

कतारको राहदानी महानिर्देशनालयको सच एण्ड फलो अनुगमन विभागले घरेलु कामदारको ओसारपसार, आश्रय र काममा लगाएको आरोपमा एसियाली मुलुकका तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

frontline

घरेलु कामदारको सम्बन्धमा सामाजिक सञ्जालमा शंकास्पद विज्ञापन गरी आवश्यक अनुमति लिएर र सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी धेरै घरेलु कामदारलाई आश्रय दिएको आरोपमा विभावले रंगेहात पक्राउ गरेको हो ।

सोधपुछका क्रममा अभियुक्तहरूले आफूमाथि लागेको आरोप स्वीकार गर्दै सामाजिक सञ्जालमा प्रकाशित विज्ञापनहरूमार्फत घरेलु कामदारलाई कसरी आश्रय दिने र काम गर्ने भन्ने विवरण दिएका थिए ।

सोही अनुसार अभियुक्तहरुलाई यस सम्बन्धमा थप कानुनी प्रक्रिया अगाडि बढाउन सार्वजनिक अभियोजनमा पठाइएको विभावले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here