कडा यात्रा प्रतिबन्धपछि चीनमा ८० हजार बढी पर्यटक फसे

२३ साउन, काठमाडौं । अधिकारीहरूले कडा यात्रा प्रतिबन्ध लगाएपछि चीनमा ठूलो संख्यामा पर्यटकहरु फसेका छन् । ‘चीनको हवाई’ भनेर चिनिने रिसोर्ट शहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन् ।

पर्यटन हटस्पट सान्या हेनानको दक्षिणी टापुमा रहेको १० लाख भन्दा बढी मानिसको सहर हो, जहाँ आइतवार ४८३ कोभिड केस रिपोर्ट गरिएको थियो ।

frontline

कोभिडका कारण सहर बाहिरका सबै उडानहरू सप्ताहन्तमा रद्द गरिनुका साथै रेल टिकट बिक्री पनि रोकिएका छन् ।

बाहिर जान चाहने पर्यटकहरूले पटक पटक पीसीआर परीक्षण गरेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here