कटारी नगरपालिकाको मेयरमा कांग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित

११ जेठ, उदयपुर । कटारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएक छन् ।

बुधबार सकिएको मतगणना अनुसार उनी ६ हजार ४१७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले पाँच हजार ९५२ मत पाए ।

frontline

कटारीमा सत्तारुढ दलहरुबीच गठबन्धन भएको थियो । मेयर पदको उम्मेदवारी नपाएपछि माओवादी केन्द्रका नेता बरालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

निवर्तमान मेयरसमेत रहेका नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ पाँच हजार ७१५ ल्याउँदै तेस्रो स्थानमा रहे ।

उपप्रमुखमा भने नेकपा एमालेकी गीता खड्का ६ हजार ४१३ मतका साथ निर्वाचित भइन् । उनक निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विनोदकुमार कटुवाललाई तीन हजार ८२१ मत मात्र पाए ।

१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष कांग्रेस २ वडाध्यक्ष स्वतन्त्र, १ वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) र १ वटा नेकपा (माओवादी केन्द्र) ले जितेको छ ।

वडा नं. १ मा एमालेका पदमलाल मगर, वडा नं. २ मा कांग्रेसका प्रेमबहादुर क्षेत्री, वडा नं. ३ मा कांग्रेसकै पुष्कर खड्काले जितेका छन् ।

वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार भुपेन्द्रसिंह तामाङ, वडा नं. ५ मा एमालेका मोहनबहादुर तामाङ, वडा नं. ६ मा एमालेका प्रेमबहादुर मगर, वडा नं. ७ मा काङ्ग्रेसका सुविन ढुंगाना, वडा नं. ८ मा स्वतन्त्र उम्मेदवार नवीन्द्रकुमार तामाङले जितेका छन् ।

त्यस्तै वडा नं. ९ मा नेकपा एकीकृत समाजवादीका बेगबहादुर आले मगर, वडा नं. १० मा एमालेका क्षेत्रबहादुर खड्का, वडा नं. ११ मा एमालेका अनन्त हायु, वडा नं. १२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, वडा नं. १३ मा एमालेका शम्भु श्रेष्ठ र वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगरले जितेका छन् ।

वडा नं. १० मा मतगणनाका दिन प्रहरीको गोली लागी एक युवकको ज्यान गएको थियो भने एकजना घाइते भएका थिए ।

सोही घटनाका कारण कटारीको गणना ढिला भएको थियो । वडा नं. ११ का विजयी वडाध्यक्ष हायु सीमान्तकृत जातिमा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here