कञ्चनपुरमा ९८ बोरा चिनीसहित मिनीट्रक नियन्त्रणमा
शनिबार, धनगढी । भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरेर ल्याएको चिनीसहित प्रहरीले कञ्चनपुरमा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
वेदकोट नगरपालिका–१० स्थित दैजी बेल्डाडी सडकखण्डमा दैजीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–००१ क १९०१ नम्बरको मिनी ट्रकलाई अवैध चिनीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।
मिनी ट्रकमा तीन लाख १८ हजार रुपैयाँ बराबरको ९८ बोरा चिनी फेला पारेर बरामद गरिएको उनले बताए । मिनी ट्रक चालक भरत बिष्टलाई पनि पक्राउ गरेर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस्