कञ्चनपुरमा बन्नेभयो सुख्खा बन्दरगाह, अन्तरदेशीय व्यापारिक केन्द्रसमेत स्थापना हुने

कञ्चनपुरको महाकाली नगरपालिका–१ मा हुने भनिएको देशकै गौरवको आयोजना सुक्खा बन्दरगाहको निर्माणका लागि प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ ।

सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापरिक केन्द्रसमेत स्थापना हुने क्षेत्रको प्राविधिक मुल्यांकन सुरु भएको हो । सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापारिक केन्द्र बनेपछि यस क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।

frontline

यही कात्तिक १६ गतेबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित आएको प्राविधिक टोलीले कञ्चनपुरको महाकाली नगरपालिकामा बन्ने सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापारिक केन्द्रको प्राविधिक मुल्यांकन सुरु गरेको छ ।

कञ्चनपुरको महाकाली नगरपालिका– १ स्थित मायापुरी र शिवशंकर सामुुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापरिक केन्द्रसमेत स्थापना हुने जनाइएको छ । अध्ययन टोलीसँगै पुगेका मन्त्री भट्टले सुक्खा बन्दरगाह निर्माणको काम द्रुत गतिमा अगाडी बढ्ने दाबी गर्नुभयो । जसले सुदूरपश्चिम प्रदेशको विकासको ढोकासमेत खोलिने मन्त्री भट्टको भनाइ छ ।

२०६६ सालमा दोधरा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने घोषणा भएपनि बल्ल त्यसको प्राविधिक मुल्यांकन थालिएको हो । सुुक्खा बन्दरगाह निर्माणका लागि ६ खर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

बन्दरगाह बनेसँगै लगानीको सम्भावनासमेत बढ्ने अपेक्षा लिइएको छ । बन्दरगाहको काम चाँडै अघि बढ्नेसमेत मन्त्रालयले जनाएको छ ।

स्थानीयस्तरको सहयोगका लागि तत्पर रहेको जनाउँदै यस क्षेत्रका स्थानीयले सुक्खा बन्दरगाहको काम चाँडै सुरु गर्न माग गरेका छन् । विगतदेखि नैै पिछडिएको सुदूरपश्चिम प्रदेश सुक्खा बन्दरगाह र विशेष आर्थिक क्षेत्रको कार्यक्रमले कायापलट हुने उनीहरुको दावी छ ।

आयोजनाको सुरुवात हुने तर कार्यान्वयन नहुने विगतको परिपाटी त्यागेर काम गर्न नागरिकले आग्रह गरेका छन् ।

पटक÷पटकको अनुगमन भ्रमणले मात्रै अब नागरिकले पत्याउने छैनन् । त्यसैले समयमै नागरिकलाई काम देखाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here