कञ्चनपुरमा असार १४ गतेसम्म निषेधाज्ञा थप

धनगढी । कञ्चनपुरमा जारी निषेधाज्ञा असार १४ गतेसम्म थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई असार १४ गतेसम्म कायम राख्ने आदेश गरेको छ ।




कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जारी गरेको आदेशमा निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेकका सबै प्रकारका सवारी साधन बन्द रहनेछन् ।
अत्यावश्यक सेवाका पसल दैनिक बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, गैरसरकारी संघसंस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न पाइनेछ ।
सभा सम्मेलन, गोष्ठी एवंम् भीडभाड हुने स्थान खोल्न भने पाइने छैन ।
स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर बढीमा १० जनाको सहभागितामा विवाह ब्रतबन्ध जस्ता साँस्कृतिक कार्य भने गर्न पाइने आदेशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्