कञ्चनपुरको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी
८ जेठ, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
नेकपा एमालेका उम्मेदवार रणबहादुर महरा ६ हजार ७७३ मत प्राप्त गरेर प्रमुखमा निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका चीन्तामणी भट्टलाई पराजित गरे। भट्टले ६ हजार २६४ मत प्राप्त गरे।
यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरे।
प्रतिक्रिया दिनुहोस्