कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध

काठमाडौँ । आइतबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा हलमा मोबाइल लगायतका सामाग्री लैजान निषेध गरिएको जनाएको हो ।  

जारी सूचनामा परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने जनाएको छ । परीक्षालाई मर्यादित एवम् व्यवस्थित रूपमा सञ्चालन गर्न इलेकट्रोनिक्स डिभाइसमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।

frontline

भोलिदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । बोर्डले ५ हजार २०२ विद्यालयका विद्यार्थीको परीक्षाका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here