कक्षा १२ को परीक्षाको नतिजा आईतबार सम्ममा सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आईतबार सम्ममा प्रकाशन गर्ने भएको छ । स्रोतका अनुसार नतिजा सार्वजनिक गर्ने सम्पूर्ण तयारी लगभग सबै सकेको जानकारी दिएको छ ।


यसअघि, पुस १५ गते भित्र नतिजा प्रकाशन गर्ने भनिएकोमा अधिकांश विद्यालयहरुले परीक्षार्थीहरुको सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा केही ढिलासुस्ती हुन गएको थियो । विद्यार्थीहरुको सिम्बोल नम्बर सिरियली नभएकोले गर्दा कम्प्यूटरमा ईन्ट्रि गर्न नसकेका कारण माघको पहिलो सातामा पनि नतिजा प्रकाशन हुन सकेन । त्यसलाई मिलाउन अब केही काम मात्र बाँकी रहेको भन्दै बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्न अब केही दिन मात्र लाग्ने भनिएको थियो ।

frontline

https://statementandresponse.com/public/user/deshduniya

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here