कंगोमा संदिग्ध आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु

१९ माघ, बेनी  । मध्य अफ्रिकी मुलुक कंगोमा संदिग्ध आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

विद्रोही समूहद्धारा बुधबार बिहान गरिएको संदिग्ध आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको हो । 

frontline

स्थानीय अधिकारीहरुका अनुसार कंगोको विद्रोही समूहले कंगोको आइटुरी प्रान्तमास्थित एक क्याम्पमा आक्रमण गरेको थियो ।

आन्तरिकरुपमा विस्थापित मानिसको लागि बनेको क्याम्पमा गरिएको आक्रमणमा परी कम्तीमा ६० मानिसको मृत्यु भएको हो । 

सो आक्रमणको जिम्मेवारी हालसम्म कुनैपनि समूहले नलिएको अन्र्तराष्ट्रिय मिडियाले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here