औषधी उपकरण खरिदमा १० अर्ब बढी रकम अनियमितता, आपूर्ति शाखाका प्रमुख तानिए मन्त्रालय

१० साउन, काठमाडौं । औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको आरोपमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया मन्त्रालय तानिएका छन् ।

चौरासियाले १० अर्बभन्दा बढी रकम अनियमितता गरेको आरोप छ । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको ठाडो आदेशमा चौरासियालाई मंगलबार बिहान पत्र काटेर ५ बजेभित्र मन्त्रालय उपस्थित हुन निर्देशन दिएको हो ।

frontline

मन्त्रालयले लेखेको पत्रमा डा.चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेका, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको उल्लेख छ ।

यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको आरोप लागेपछि उनलाई ५ बजेभित्र मन्त्रालयमा उपस्थित हुन भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here