ओली नेतृत्वको सरकारले चितवनको विकासमा चासो नदिएको : प्रचण्ड

श्रोत : ईन्टरनेट

चितवन। पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले चितवनको विकासमा चासो नदिएको बताउनुभयो । जिल्लामा पछिल्लो विपदबाट भएको क्षतीबारे जिल्ला प्रशासन कार्यालय चितवनको सभाहलमा आज संक्षिप्त जानकारी लिएपछि सम्वोधन गर्ने क्रममा उहाँले अहिलेको सरकारले प्रचण्डको निर्वाचन क्षेत्र चितवन भएकैले बजेट र विकास नदिएको बताउनुभयो । “चितवनको विकास निर्माणको काममा अहिलेको सरकारलाई सकारात्मक बनाउन सकिन, उहाँले भन्नुभयो, पार्टी एकता गर्दा बामपन्थीहरुको बहुमतको सरकार बनाउँदा ठूलो उत्साह,उमग थियो तर विविधिकारणले अन्तरविरोध भएपछि सरकारले चितवनलाई हेपेको छ ।”
चितवनमा जनता छन्, चितवनमा विभिन्न राजनीतिक, वृद्धिजीवी, प्रशासन, सुरक्षा निकाय, पत्रकार, मिडिया छन् भन्ने भन्दापनि अहिलेको सरकार चितवन भनेको प्रचण्डको हो र त्यहाँ विकास सुरक्षा भए फाइदा प्रचण्डले लिन्छन् भन्ने भ्रममा रहेको आरोप लगाउनुभयो ।
प्रचण्डकै निर्वाचन क्षेत्र भएकाले भरतपुर लाई स्मार्ट सीटीमा लिष्टीङ नगर्नु, आवश्यकता अनुसारको बजेट नदिएको उहाँको गुनासो थियो । त्यस्तै समय परिवर्तन हुँदा पुुरानो निकुञ्ज ऐनले समेत विकासका कार्य रोकेको उहाँले बताउनुभयो । ऐन परिवर्तन आवश्यक रहेको भन्दै त्यसमा पनि केही सुरुवात भएको तर कछुवाको गतीमा रहेको उहाँको भनाई थियो ।

आफूले संसदमा पनि प्रधानन्त्रीकै उपस्थितीमा यो कुरा राखेको बताउँदै तर यी सवै कुरा अस्थायी भएको उहाँको भनाई थियो । आफ्नो निर्वाचनक्षेत्र भएकाले जिल्लामा आएर पीडा राखेको बताउँदै यो गम्भिरतापूर्वक आफूले लिएको र सरकारले नीति तथा बजेट बढाउनै पर्नेमा जोड दिनुभयो । रात भइहालेमा उज्यालो हुन्छ दिन आउँछ भन्दै उहाँले डीपीआर अनुसारको बजेट सरकारले दिएको भए भरतपुरका जनताले नारायणीको बाढीमा सास्ती खेप्न नपर्ने उहाँको ठोकुवा थियो। डीपीआर अरर्वौँको छ तर बजेट करोडमा मात्रै दिँदा समस्या भएको प्रचण्डको भनाई थियो।
तर पनि बाढीबाट जनता बचाउने र नारायणी राप्ती, माडीको रिउ खोलामा तटवन्धनको काम अघि बढाउने गरी पहल गर्ने बताउनुभयो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here