ओली दक्षिणपन्थी र विसर्जनवादी भएको माधव नेपाल समूहको आरोप

फ्रन्टलाइन, काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको छ। आइतबार माधव नेपाल समूहका ११ जना स्थायी समिति सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीविरुद्ध केपी ओलीको राज्यसत्ता दक्षिणपन्थी र विसर्जनवादी भएको आरोप लगाएका हुन ।

साथै यसविरुद्ध दृढतासाथ अघि बढ्नु आजको आवश्यकता भएको उनीहरूले ठहर गरेका छन्। कम्युनिष्ट पार्टीको नीति सिद्धान्त आफूहरूसँग रहेको भन्दै उनीहरूले ओलीका गुटका कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी कुकृत्य करार गर्दै यसलाई पराजित गरी छाड्ने उल्लेख गरेका छन्। त्यस्तै वामपन्थी एकतालाई बढाउन उनीहरूले कार्यकर्ता तहमा आह्वान पनि गरेका छन्।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here