ओलीले ५ वर्ष सरकार चलाउने जनमत पाएका होइनन्, सांसद मात्रै भएका हुन् : नेता पुन

सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य वर्षमान पुनले केपी शर्मा ओलीलाई जनताले नभएर पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दावी गरेको भन्दै पुनले ओली जनताबाट नभएर संसदबाट प्रधानमन्त्री चुनिएको बताए । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट एक÷एक र १ सय १० जना समानुपातिकबाट गरी २ सय ७५ सांसद मात्र जनताले छान्ने मन्त्री पुनको स्पष्टोक्ति छ । ओली जी प्रधानमन्त्रीको उम्मेदवार भएर देशभरका जनताले भोट हालेको होइन’, पार्टी सम्वद्ध युवा र विद्यार्थीको भेलालाई आइतबार स्याङ्जामा सम्बोधन गर्दै पुनले भने, ‘उहाँ झापाको एउटा क्षेत्रबाट निर्वाचित सांसद हो, देशभरबाट होइन । उहाँले जसरी १ सय ७५ जना सांसदले चुनाव जितेका छन् ।’

https://frontlinecheck.com/public/user/aathbiskot

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here