ओलीनिकट युवा संघका उपाध्यक्षसहित २६ जना फर्किए माओवादी केन्द्रमै

श्रोत : ईन्टरनेट

बिहीवार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघका उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित २६ जना केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रमा फर्किएका छन्।

बुधबार उपाध्यक्ष योगेश साउदसहित सुदूरपश्चिम प्रदेशका २६ जना केन्द्रीय सदस्य माओवादीमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

frontline

साउदले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एमाले परित्याग गरेको जानकारी गराएका थिए। प्रचण्डले केन्द्रमा प्रवेश गरेकाहरूलाई खादा लगाएर स्वागत गरेका थिए।

उपाध्यक्ष योगेश साउद २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका थिए। जनमिलिसियाबाट माओवादी बनेका साउद नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदा लेखराज भट्टसँगै एमालेमा गएका थिए। उनलाई युवासंघ उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसकिने अवस्था भएको र इतिहासलाई धोका दिन नसकिने लागेर पुन: माओवादी केन्द्रमा फर्किएको साउदले बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here