ओम समाज डेण्टल अस्पतालद्धारा विश्व मुख स्वास्थ्य दिवस कार्यक्रम सम्पन्न
विश्व मुख स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे आज समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यहाँ यो दिवस मनाइन्छ । ‘वल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १३० डेन्टल एशोसियशनले एकैसाथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष पनि ‘बि प्राउड अफ योर माउथ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा ओम समाज डेण्टल हस्पिटलले डेन्टल एशोसियशनको सहकार्यमा आज चाबहिलमा एक कार्यक्रम गरी दाँतसम्बन्धी विज्ञहरूबाट सचेतना अभिवृद्धि तथा यस क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले आम जनमानसमा मुख स्वास्थ्यबारे सचेतना फैलाउन जरुरी भएको बताउनुभयो । उहाँले खुम स्वास्थ्यबारे हेलचेक्रयाई र लापर्बाही गर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्