ओमिक्रोन संक्रमितको सम्पर्कमा आएका ६६ जनाको रिपोर्ट नेगेटिभ

 २० मंसिर, काठमाडौं । ओमिक्रोन संक्रमितको सम्पर्कमा आएका ६६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालमा पहिलो पटक दुईजनामा कोरोनाको नयाँ भेरियन्ट ‌ओमिक्रोन पुष्टि भएपनि उनीहरुको सम्पर्कमा आएका ६६ जनामा भने संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन ।

frontline

स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।

संक्रमित व्यक्ति दुवै विदेशी नागरिक हुन्। जसमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति रहेका छन्। यसअघि भारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here