ओमिक्रोन’ देखिएका मुलुकबाट आउने व्यक्तिको ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय

१५ मंसिर,काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकबाट नेपाल आउने व्यक्तिको ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय गरेको छ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल आएका व्यक्तिको यात्रा व्यवस्थापन आदेश  जारी गर्ने  निर्णय भएको जानकारी दिए।

frontline

उनले भने.’ कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ।’ 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी दिएको छ।  

नेपालमा पनि सो भाइरस भित्रन नदिने उच्च सतर्कता अपनाउन थालिएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ फैलिनसक्ने भन्दै सरकारले नेपाल भित्रिने नाकाहरुमा एन्टीजेन परीक्षण बढाउने भएको छ।

नाकाबाट नेपाल प्रवेश गर्दा कुनै व्यक्तिलाई कोरोना देखिए जीन परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हवाइ तथा स्थलमाध्यमबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा सरकारले एन्टीजेन परीक्षण बढाउने भएको हो।

यस्तै, बैठकले मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरिका राष्ट्रपतिबाट भर्चुअलरूपमा आयोजना हुन लागेको ‘समिट फर डेमोक्रेसी’ मा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।


 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here