ओमिक्रोनबाट अमेरिकामा एक व्यक्तिको मृत्यु

६ पौष, वासिङटन ।  कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण अमेरिकामा एक व्यक्तिको मृत्यु भएको छ।

अमेरिकाको टेक्सास राज्यमा ओमिक्रोनबाट एक व्यक्तिले ज्यान गुमाएका हुन् ।

frontline

हाल मृतकको नाम भने खुलाइएको छैन । ओमिक्रोन भेरियन्टबाट मृत्यु हुने सो नै संसारको पहिलो केस हुन सक्ने बताइएको छ ।

अमेरिकामा ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टभन्दा तीव्ररुपमा फैलिरहेको भन्दै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले चेतावनीसमेत दिइसकेको छ ।

डब्ल्युएचओकाअनुसार पछिल्लो हप्ताभित्र मात्र अमेरिकामा ७३.३ प्रतिशत मानिस ओमिक्रोन संक्रमित भइसकेका छन् ।

इजरायलले ओमिक्रोनको कारण देखाउँदै अमेरिकासँग जोडिएका सबै हवाई उडान र अन्य यात्रामाथि प्रतिबन्धसमेत लगाइसकेको छ ।

यस्तै, क्रिसमस पर्वमा ओमिक्रोन जोखिम संक्रमण तीव्र हुने भन्दै न्युजिल्याण्डले देशव्यापी लकडाउनको घोषणा गरिसकेको छ ।

ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टभन्दा चाँडो फैलिरहेको, कोरोनाविरुद्ध पहिल्यै खोप लगाइसकेका र कोभिड संक्रमणबाट निको भइसकेका बिरामीमा ओमिक्रोन संक्रमण देखिएको डब्ल्युएचओले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here