ओमिक्रोनका लागि तत्काल लकडाउन आवश्यक छैन : राष्ट्रपति बाइडेन

१४ मङि्सर, वासिङटन डीसी ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’लागि तत्काल लकडाउन आवश्यक नभएको बताएका छन्। संसारभर ओमिक्रोन भाइरसको संक्रमण बढिरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन्। 

राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको खोप लगाउने र नियमित मास्क लगाउने हो भने लकडाउन गर्न आवश्यक नरहेको बताएका छन्। उनले नयाँ भेरियन्टका लागि अमेरिकामा अहिले लकडाउन गर्न आवश्यक नरहेको बताएका हुन्।

frontline

ह्वाईट हाउसमा सोमबार भएको एक कार्यक्रममा राष्ट्रपति बाइडेनले अमेरिकामा अहिले नयाँ भेरियन्ट नदेखिएपछि छिट्टै देखिनसक्ने चिन्ता व्यक्त गरे।

राष्ट्रपति बाइडेनले नयाँ भेरियन्ट देखा परेसँगै औषधी कम्पनीहरुले खोप उत्पादनलाई तीब्रता दिनुपर्नेमा जोड दिएको बीबीसीमा समाचार छ। 

क्याडामा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएको छ। तर, दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्टले अमेरिकामा अहिलेसम्म कुनै प्रभाव पारेको छैन।

यद्यपी, अमेरिकाले दक्षिण अफ्रिकी मुलुकहरुबाट आउने यात्रुहरुलाइ प्रवेशमा रोक लगाइसकेको छ। बेलायतलगायत केही युरोपेली मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकहरुबाट आउने यात्रुहरुलाई उसको देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here