ऐतिहासिक मूर्ति चोरी गरेको आरोपमा दुई जना पक्राउ
२१ पुस, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले ऐतिहासिक मूर्ति चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भइ सामाखुशी बस्दै आएका २३ वर्षीय नेशनल योञ्जन र ललितपुर महानगरपालिका-२० न:टोल बस्ने २४ वर्षीय सानुलाल महर्जन रहेका छन् ।
उनीहरुले मंसिर २७ गते रातको समयमा ललितपुर महानगर-१२ टंगालस्थित रहेको तंगहिटी ढुंगेधाराबाट नारायणको मूर्ति र पुस १५ गते रातिको समयमा गोदावरी नगरपालिका-३ टौखेलस्थित पञ्चयिन मन्दिरबाट ढुंगामा कुँदिएको बुद्धको मूर्ति चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उनीहरुलाई ललितपुर जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्