ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न १८ देशका नगर प्रमुखलाई काठमाडौं महानगरको निम्तो

२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरिएको छ ।

इन्द्रजात्राका सन्दर्भमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका भगिनी नगरहरुलाई जात्रा हेर्न निम्तो गरिएको जानकारी दिएको हो । 

frontline

पत्रकार सम्मेलनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले नेपालमा आएका नगरप्रमुखले आफ्नो देशमा फर्किपछि नेपालको संस्कृतिको प्रचार हुने भएकाले बिदेशी पाहुनालाई बोलाइएको जानकारी दिए ।

उनले देशकै महत्वपूर्ण जात्रालाई भव्य रुपमा मनाइने भन्दै सम्पदा र संस्कृतिको जर्गेना गर्नसक्ने सांस्कृतिक पर्यटन भित्राउन सहज हुने विश्वास व्यक्त गरे।

त्यस्तै, महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको बताइन्  । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ छ।

बुधबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवदेवताको पूजाआजा गरी मनाइन्छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here