ए डिभिजन लिग आजबाट सुरु

मंसिर, काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण आजबाट सुरु हुँदैछ । अपरान्ह ४ः४५ बजे दशरथ रंगशालामा हुने फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीचको खेलसँगै ए डिभिजन लिगको नयाँ संस्करण सुरु हुनेछ।

फ्रेन्ड्स र सातदोबाटोबीचको ललितपुर डर्बी फ्लड लाइटमा खेलाइनेछ। ए डिभिजन लिगका खेल पहिलो पटक फ्लड लाइडमा खेलाइन लागेको हो। यो पटक लिग ४ स्थानमा हुने भएपनि सुरुआती २ चरणका खेल भने दशरथ रंगशालामा मात्र हुनेछ।

frontline

दुवै टिम प्रतियोगितामा सुखद् सुरुआत गर्ने लक्ष्यमा छन्। फ्रेन्ड्स लिगको पुरानो क्लब हो भने सातदोबाटो पहिलो पटक ए डिभिजन लिग खेल्ने तयारीमा छ।

५ दशक लामो इतिहास बोकेको फ्रेन्ड्सले यो पटक लिगका लागि प्रशिक्षक र कप्तान दुवै परिवर्तन गरेको छ। प्रशिक्षका रुपमा मृग्रेन्द्र मिश्र छन् भन् कप्तानीको जिम्मेवारी लिगका अनुभवी सुरज विश्वकर्माले पाएका छन्।

क्लब नयाँ भएपनि सातदोबोटेले प्रशिक्षक र कप्तान भने अनुभवी नियुक्त गरेका छन्। नेपाली क्लब फुटबलका अनुभवी मेघराज केसीले प्रशिक्षकका रुपमा नियुक्त गर्दा कप्तानको जिम्मेवराी मानबहादुर तामाङलाई दिएको छ। लिगका लागि उसले स्यान्सु भुसालसहित उत्कृष्ट युवा खेलाडी भित्र्याएको छ।

लिग सुरु हुनुअघि एन्फाले आयोजना गरेको प्रिम्यान कन्फ्रेसमा फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले विपक्षी सधैं राम्रो हुने बताए। नयाँ टिम भएपनि सातदोबाटो राम्रो टिम भएको बताए । उनले अहिलेको प्रमुख लक्ष्य रेलिगेसनबाट बच्ने नै रहेको बताए ।

यसैगरी क्लबले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेकाले सबै उत्साहित सातदोबाटोका प्रशिक्षक मेघराज केसीले बताए । क्लबसँग ए डिभिजन लिगको धेरै ज्ञान नभए पनि ए डिभिजनको अनुभव भएको खेलाडी र प्रशिक्षक छ राम्रो नतिजा ल्याउने अपेक्षा उनले गरे।

एन्फाले यस पटक विकेन्डमा लिगका खेलहरु गराउँदैछ । यस्तै दर्शकलाई आकर्षित गर्नका लागि टिकट दर पनि एक सय मात्र राखिएको छ । भिआईपीतर्फ भने ५०० टिकट मूल्य राखिएको छ । लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here