एसपीपी फिर्ता पत्र पेश गर्ने प्रश्न उठेपछि मन्त्रीको जवाफ : राज्यमा कतिपय विषयमा विश्वास गर्नुपर्छ

फाइल तस्बिर

१३ साउन,काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले गठबन्धन सरकार सैन्य गठबन्धनमा सामेल नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रबार संसदमा बोल्दै परराष्ट्रमन्त्री खड्काले कुनैपनि सैन्य गठबन्धन नेपालको हितमा नभएको स्पष्ट पारेका हुन्।

frontline

एसपीपी फिर्ताका लागि अमेरिकी सरकारलाई पठाइएको पत्र संसदमा पेश गर्ने प्रश्न उठेपछि परराष्ट्र मन्त्री खड्काले भने, ‘राज्य सञ्चालन गर्ने क्रममा कतिपय विषयहरुमा साधारणतया विश्वास गरिन्छ ।

सार्वभौम सत्तासम्पन्न राष्ट्रको मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि संसय व्यक्त गरिरहेका छौं । सरकारले गरेका निर्णयहरुमा पनि आशंका व्यक्त गर्दै गर्नुहुँदैन ।

विश्वासको वातावरण हुनैपर्छ । परराष्ट्रमन्त्री बोलीसकेपछि पत्र संसदमा दिने कुरा प्रतिपक्ष, संसदमा विश्वास ह्रासोन्मुख भइराखेको हो की ?’  

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here