एसएसपी बढुवाका लागि ३८ जनाको प्रतिस्पर्धा

 एसएसपीबाट डिआइजीमा बढुवा सिफारिस भएपछि नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी सुरु भएको छ । नेपाल प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त भएपछि यसका लागि तयारी भएको हो । केही डीआईजीमा बढुवा भएका र केही एसएसपीबाटै अवकाश भएपछि रिक्त पद संख्या २० पुगेको छ । यसअघि एआईजी र डीआईजी बढुवा भएकाले अब एसएसपीमा बढुवा गर्न लागिएको हो ।

जनपदतर्फ भने आकांक्षीको संख्या धेरै हुँदा बढुवा सिफारिसमा सकस परेको भएपनि गृहमन्त्रालयले यसलाई टुग्याउनन निर्दैशन दिएको छ । रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू बढुवामा दौडधुप गरिरहेका छन् । २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरू बढुवा लागि कांग्रेसका नेताहरुको घरघरमा पुगेका छन् ।

frontline

दुईपटकमा एसपी भएका ३८ जना मुख्य दाबेदार देखिएका छन् । एसपीकै वरीयता एसएसपीमा पनि निश्चित नभएकाले यसअघि पछि परेकाहरू पनि शक्तिकेन्द्र रिझाएर बढुवा हुन लागेका छन् । ९ वर्षपहिले नै एसपीमा बढुवा भएका विमल बस्नेत यसपटक एसएसपी बन्ने लाइनमा छन् । हालका एसपीमा उनी सबैभन्दा वरिष्ठ हुन् । तर कारबाहीमा परेका कारण उनको बढुवा रोकिएको थियो । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएको टोलीका उनी मात्रै एसपीमा रोकिएका हुन् । उनकै ब्याचका सिद्धिविक्रम शाहसहितका अधिकारीहरू डीआईजीमा बढुवा सिफारिस भइसकेका छन् ।

२०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर पछि परेका एसपीहरू पनि अहिले बढुवाको लागि लबिइङ गरिरहेका छन् । उनीहरू २०५८ को टोलीसँग २०७५ माघमा एसपीमा बढुवा भएका थिए । २०५६ को टोलीका गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल पनि अहिले एसएसपीमा बढुवा हुने सूचीमा छन् । उनीहरुका ब्याची पनि एसएसपी भैसकेका छन् । बाँकी २०५८ सालको टोलीका एसपीहरू एसएसपी बन्ने सूचीमा छन् । यो ब्याचबाट रमेश थापा पहिलो नम्बरमा एसपी भएका थिए । यसपटक पनि उनी पहिलो नम्बरमै बढुवाको सूचीमा छन् ।

यो ब्याचमा दोस्रो हुनका लागि प्रतिस्पर्धा रहेको छ । जनार्दन जीसी र कृष्ण कोइरालाबीचमा दोस्रोको लागि प्रतिस्पर्धा हुने देखिएको छ । अपराध अनुसन्धानमा काबिल अफिसर रहेकाले कोइरालाकै दोस्रोमा पल्लाभारी देखिएको छ । उनीहरुपछि सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपीमा बढुवा हुन लागिरहेका छन् ।

रन्जु सिग्देल अहिले एसएसपीमा बढुवाका लागि एक्लो महिला प्रतिस्पर्धी हुन् । अजय केसी गृहमन्त्रालयमै भएकाले मन्त्रीको दिनहु चाकडी गरिरहेका छन् । आफू पहिला नेविसंघको कार्यकर्ता भएको आफन्त सबै महासमिति सदस्य भएको बताउदै उनी चाकडीमा व्यस्त छन् ।

पंगेनी भने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सम्पत्ति शुद्धिकरण विभागमा पुगेर व्यापारीसँग आर्थिक लाभ लिएको आरोप लागेका एसपी हुन । पुष्प शाही सम्पत्ति शुद्धिकरणको महानिर्देशक हुँदा पंज्ञेनीले तराईका व्यापारीहरुसँग पैसा उठाएको आरोप छ ।

काठमाडौ परिसरमा मुद्धा शाखा, अपराध महाशाखा र तराईका दुई जिल्ला बसेर आएका पंज्ञेनीको कार्य क्षमता भन्दा पनि आर्थिक क्षमता बढी शक्तिशाली रहेको प्रहरीभित्र चर्चा चलेको छ ।

प्रकाश रानाभाट लागुऔषधसहित २५ लाख खाएको आरोपमा कारवाहीमा परेका थिए । उनको बढुवा हुने संभावना कम रहेको छ । उसको उजुरी अहिले पनि कायम रहेको छ । उच्च सरकारी वकिलबाट उनी दोषी रहेका छन् । बूढा वर्षमान पुनसँग नजिक रहेका छन् । श्यामकुमार महत्तोलाई रौतहटबाट कारवाही भोगेर फर्केका व्यक्ति थिए ।

कमल थापा भने अहिले अनुसन्धानमा तानिएकाले बढुवाको सम्भावना कम छ । उनीमाथि भैँसेपाटीको हनी ट्याप प्रकरणमा अनुसन्धान भएको थियो । अहिले पनि उनीमाथि अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ । तत्कालै उनको बढुवा हुने सम्भावना कम देखिएको छ । यही ब्याचका तर एसपी बढुवामा पछि परेका टोलीबाट पनि केही अधिकारीहरू एसएसपीमा बढुवा हुनेछन् ।

२०७७ वैशाखमा एकसाथ २४ डीएसपीलाई एसपीमा बढुवा गरिएको थियो । त्यतिबेला तुलबहादुर कार्की पहिलो नम्बरमा बढुवा भएका थिए ।उनीसहित होबिन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल,प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराईमध्येबाट पनि केही एसएसपीमा बढुवा हुने बताइएको भएपनि कसकसको हुने भन्नेमा आइजीपी नै कन्फ्यूजनमा रहेका छन् ।

यही ब्याचका प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला पनि एसएसपी बन्न लबिइङमा छन् । उनीहरू सबै २०७७ मा एसपीमा बढुवा भएका हुन् । अघिल्लो ब्याचका नवराज अधिकारी पनि चितवन, सिआइबी र काठमाडौ परिसरमा बसेर राजनीतिक दलका नेताहरुसँग सम्बन्ध बढाएकाले यसपटक अलि अघि नै बढुवा हुनेमा विश्वस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here