एसईई परीक्षा चैतको दोस्रो साता हुने,कार्यतालिका सार्वजनिक

२७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको कार्यतालिका अनुसार एसईई चैतको दोस्रो साता हुने भएको छ ।

त्यस्तै नतिजा भने २०८० सालको असार तेस्रो साता प्रकाशित हुने भएको छ । परीक्षाका लागि आवेदन छपाई र वितरण कात्तिक मसान्तसम्ममा प्रदेशले गरिसक्नु पर्ने छ ।

frontline

त्यस्तै, जिल्लाले फारम भरेर मंसिर मसान्तसम पठाइसक्नु पर्ने छ । पुष मसान्तसम्म आवेदन फारम इन्ट्रि गरिसक्नु पर्ने, माघ पहिलो हप्ता परीक्षाको समय तालिका सार्वजनिक गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here