एलोन मस्कलाई ट्विटरको डाइरेक्टर्सले माइक्रोब्लगिङ साइट ४४ अर्ब डलरमा बेच्न अनुमति
९ असार, वासिङटन डिसी । ट्विटरको बोर्ड अफ डाइरेक्टर्सले माइक्रोब्लगिङ साइट एलोन मस्कलाई ४४ अर्ब डलरमा बेच्न अनुमति दिएको छ।
ट्वीटरले मंगलबार अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा यस सम्बन्धमा नियामक फाइलिङ गरेको थियो। ट्विटर बोर्डले मस्कलाई ४४ अर्ब डलरमा खरिद गर्न सर्वसम्मतिले अनुमोदन गरेको हो।
बोर्डले मर्जर सम्झौता स्वीकार्य भएको र यससँग सम्बन्धित लेनदेन ट्विटर र यसका शेयरधानीहरूको हितमा रहेको बताएको छ।
अनुमोदनपछि ट्विटरको शेयर मा करिब ३ प्रतिशत बढेर ३८.६० पुगेको छ। मस्कले मंगलबार ट्विटरमा अझै पनि केही नसुल्झिएका समस्याहरू भएको बताए। अझै ट्विटरमा बटहरूको वास्तविक संख्या पत्ता लगाउन कुरिरहेका उनको भनाइ छ।
उनले आफू ट्विटरको सीईओ बन्न नचाहेको पनि बताए। ट्विटरमा भएका धेरै बटहरूको कारण मस्कले मेमा ट्विटर लिने सम्झौतालाई होल्डमा राखेका थिए। एजेन्सी
प्रतिक्रिया दिनुहोस्