एयरपोर्टको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै झरना गेष्ट हाउसमा महिला र पुरुष मृत भेटिएका छन् ।

काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

frontline

बाजुराको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेका हुन् । 

साउन १५ मा उनीहरू सो गेस्ट हाउसमा गएका थिए । शुक्रवार मध्यान्ह खान खानेबारे बुझ्न गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।

करिष्माको घाँटीमा चोट देखिएको छ । भरत पङ्खामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतले हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here