एम्बुलेन्स र शबबहान सञ्चालन नागार्जुन नगरपालिका

 नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान  सञ्चालनमा ल्याएको छ ।  नगरबासीलाई आइपर्न सक्ने संभावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स र शबबहान खरिद गरी सञ्चालन ल्याएको हो ।

नागार्जुन नगरपालिकाका क्षेत्रमा बसोवास गर्ने मानिसहरूलाई उपचारको अभावमा मृत्युको मुखमा पुग्न नपरोस,समयमै अस्पतालसम्म पुर्याउन सकियोस तथा नगरवासीले सास्ती व्यहोर्नु नपरोस भन्ने उद्धेश्यले नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद सञ्चालनमा ल्याएको छ । नगरबासीलाई आइपर्न सक्ने संभावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स र शबबहान खरिद गरी सञ्चालन ल्याएको हो ।

frontline

 दैनिक बढ्दै गएको कोरोना लगायत अन्य कुनै पनि रोगबाट अस्पतालसम्म पुग्न समस्या नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स तथा शबबहान सञ्चालनमा ल्याएको नागार्जुन नगरपालिकाले जनाएको छ । मंगलवार नगर प्रमुख मोहनबहादुर बस्नेतले एम्बुलेन्स र शब बहानको विधि पुर्वक पूजा गरी सञ्चालनमा आएको घोषणा गर्नुभयो ।“नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै नागरिकलाई स्थानीय सरकार भएको महशुस गर्ने गरी एम्बुलेन्स र शबबहान सञ्चालनमा ल्याएको हो” उहाँले भन्नुभयो “नगरबासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाइदै लगिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here