एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
९ माघ, दाङ । दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर रहेका छन् ।
आइतबार राति ९ बजे रोल्पाबाट घोराही आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पठाइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले एम्बुलेन्ससहित चालकलाई दाङ नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्