एमाले रामेछापको आठौं जिल्ला अधिवेशन पौष २३ र २४ गते

१४ पुस, रामेछाप । नेकपा (एमाले) रामेछापको आठौं जिल्ला अधिवेशन पौष २३ र २४ गते गर्ने भएको छ।

जिल्ला सचिवालयको बैठकले पुस २३ देखि सदरमुकाम मन्थलीमा सुरू हुने जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरूको मापदण्ड र संख्या तय गरेको एमाले रामेछाप प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिए।

frontline

एमालेले राष्ट्रिय महाधिवेशन गरेपनि प्रदेश र जिल्लाको अधिवेशन गर्न बाँकी रहेको छ।

उनका अनुसार अधिवेशनमा सहभागी हुने प्रतिनिधि पौष १७ गते जिल्लाका ६४ वडामा एकै दिन छनोट गरिनेछ। ‘जिल्ला सचिवालयको बैठक बसेर जिल्ला अधिवेशनको मिति,  मापदण्ड र संख्या तोकिएको छ।

पौष १७ गते एकै दिन ६४ वडाबाटै अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गर्न निर्देशन दिइसकेका छौं।’ उनले भने, ‘अधिवेशनका लागि सल्लाहकार, पालिका कमिटीहरु, जनसंगठनहरु र रामेछाप सम्पर्क मञ्च कमिटीबाट पौष १८ गते प्रतिनिधि छनौट गर्न भनेका छौं।’

जिल्ला अधिवेशन गर्न जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा जिल्ला कमिटीका सदस्य, नगर/ गाउँ-पालिका कमिटी पदाधिकारी, जनसंगठन र सम्पर्क मञ्चका पदाधिकारी रहेको मुल व्यवस्थापन कमिटी गठन गरेको एमालेले जनाएको छ। 

अधिवेशनको तयारीस्वरुप शान्ति प्रसाद पौडेलको संयोजकत्वमा राजनितिक सांगठनिक प्रतिवेदन तयारी र आर्थिक व्यवस्थापन समिति, आनन्दकुमार श्रेष्ठको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, प्रकाशकुमार कार्कीको संयोजकत्वमा प्रचार प्रसार समिति, रामप्रसाद देवकोटाको संयोजकत्वमा आर्थिक प्रतिवेदन तयारी समितिलगायत अन्य समितिसमेत गठन भएको छ। 

कसरी हुँदैछ प्रतिनिधि छनोट ?

प्रचारविभाग प्रमुख कार्कीका अनुसार प्रत्येक वडामा पहिलो ५० जना संगठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधित्व हुनेछ।

त्यसपछिको पहिलो ५० सदस्यको १ खुल्ला र त्यसपछिको ५० मा महिला प्रतिनिधि क्रमशः हुनेछ। अन्तिममा बाँकी रहेकोमध्ये २५ जना वा सो भन्दा बढी भएमा थप १ जना र २५ भन्दा कम भएमा प्रतिनिधि हुन पाउने छैन।

उत्पीडितको हकमा प्रत्येक वडाबाट १० लाई आधार संख्या मानि त्यसबाट १ पुरुष वा महिला, प्रत्येक थप १० मा महिला प्रतिनिधि हुनेछ। अन्तिम बाँकी ५ वा ५ भन्दामाथि भए थप १ जना र ५ जनाभन्दा घटी भएमा थप प्रतिनिधि हुने छैन।

जिल्लामा रहेका विभिन्न जनवर्गीय संगठनलाई पनि अधिवेशन प्रतिनिधिको कोटा तोकिएको कार्कीले जानकारी दिए। 

राष्ट्रिय युवा संघ नेपाल – ५
उत्पिडित जाति मुक्ति समाज – ५ 
अनेरास्ववियु – ५
नेपाल खेलकुद महासंघ – ५ 
अखिल नेपाल किसान महासंघ – ५
भुपु सैनिक प्रहरि संगठन – २ 
नेपाल ट्रेड युनियन जिफन्ट – ३
प्रगतिशिल कानुन व्यवसाय संगठन – २ 
अखिल नेपाल महिला संघ – ५
प्रगतिशिल इन्जिनियर्स एसोसिएसन नेपाल- २ 
प्रेस चौतारी – ५
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल – २ 
लोकतान्त्रिक जनजाती महासंघ – ५
नेपाल राष्ट्रिय शिक्षक संगठन-५ 
पेशागत महासंघ – ५
नेपाल निर्माण उद्योग परिषद् – २ 
जनसाँस्कृतिक महासंघ – २
रामेछाप काठमाण्डौ सम्पर्क मञ्च – १५ 
मानव अधिकार एलाएन्स – ५
जिल्ला सल्लाहकार – १५
 नेपाल उद्योग व्यवसायी महासंघ – ५
न.पा./ गा.पा कमिटी – ५ 
नेपाल बुद्धीजीवी परिषद् – २

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here