एमाले महाधिवेशन : अध्यक्ष ओलीले पेश गरे ३०१ केन्द्रीय सदस्यको नामावली
१३ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् ।
चितवनको सौराहमा जारी बन्दसत्रमा ओलीले गएराती अबेर ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।
बन्दसत्रमा उपस्थित प्रतिनिधिकाअनुसार अध्यक्ष ओलीले महिला, मधेसी, जनजाति, दलित सबै क्लस्टर मिलाएर सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।
नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्