एमाले महाधिवेशनको तयारी तीव्र, ५ लाख मानिस उतार्ने लक्ष्य


२ मंसिर काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औं महाधिवेशनको तयारी तीव्र बनाएकाे छ । १०-१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएकाे छ । उद्घाटनमा झन्डै ५ लाख नागरिककाे सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् ।

frontline

नेता सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।

जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो ।

१० गते उद्घाटन भएपछि ११ गते सौरहामा बन्दसत्र आयोजना हुनेछ । एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ । 

एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेकाे हाे । एमालले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदैछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here