एमाले बैठकद्वारा पारित पाँच बुँदे संगठनात्मक योजना

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ ।

बालुवाटारमा शनिबार बसेको बैठकले विधान महाधिवेशन साउन २५–२७ काठमाडौँमा गर्ने गरेको छ ।

frontline

पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने बैठकले निर्णय गरेको हो ।

महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा तोकिएको छ ।

बैठकले भदौ ५ गते वडा र भदौ १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

०७९ वैशाख ३० भित्र महाधिवेशन गर्ने गरी जान सकिने प्रस्ताव आए पनि निर्णय भने भएको छैन ।

विभाग गठन गरी स्थायी कमिटीबाट अन्तिम रूप दिने बैठकमा निर्णय भएको छ ।

एमालेले निर्वाचनको तयारीमा पार्टी पङ्क्ति जुट्ने पनि निर्देशन दिने निर्णय गरेको छ ।

१० औँ महाधिवेशन आयोजक कमिटी गरेका निर्णय कायम रहने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

महासचिव ईश्वर पोखरेलले सांगठनिक योजना पेश गरेका थिए । दुई दिनसम्म बसेको बैठकमा नेपाल र झलनाथ पक्षले भने बैठक अस्वीकार गरेको गरेको छ ।

बैठकले पारित गरेका पाँच बुँदे संगठनात्मक योजना

१. असार मसान्तभित्र पार्टीको सदस्यता नविकरण गरिसक्नुपर्ने। साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने।

२. आगामी साउन २५/२६ पार्टीको विधान अधिवेशन काठमाडौंमा गर्ने । त्यसका निम्ति पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र बादलको संयोजकत्वमा व्यवस्थापन समिति गर्ने प्रस्ताव।

३. पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिका स्तरका अधिवेशन गर्ने प्रस्ताव प्रस्तुत ।

४. पार्टीका केन्द्रीय तहका ३२ विभागमा रहने सदस्यको नाम प्रस्ताव गरे पनि अहिलेसम्म सिफारिस नआएकोले अविलम्ब पठाउन अनुरोध ।

५. अब सिंगो मुलुक निर्वाचनमा जुट्नुपर्ने भएकोले त्यसका लागि जुट्न नेता र कार्यकर्तालाई अनुरोध ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here