एमाले पार्टी नभएर ‘पाटीपौवा’मा परिणत भइसकेको माधव नेपालको टिप्पणी

१६ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी नभएर ‘पाटीपौवा’मा परिणत भइसकेको टिप्पणी गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका हुन् ।

frontline

त्यस्तै नेपालले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको बताए ।

अध्यक्ष नेपालले एमालेमा ‘केही गरौं’ भन्ने भावना समेत नरहेको उल्लेख गर्दै भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन ।

धार भुत्तै भयो । भएपनि काम नलाग्ने । त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन ।’

उनले थप भने, ‘परिवर्तनको संकल्प नै छैन । निःश्वार्थ भावना पनि छैन । केही गरौं भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।’

त्यस्तै अध्यक्ष नेपालले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here