एमाले नेता रघुजी पन्त अस्पताल भर्ना
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।
पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् ।
पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए ।
त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो ।
अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्