एमाले नेता बालकृष्ण ढुंगेलको निधन

२२ असोज, काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।

नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

frontline

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराका अनुसार बानेश्वर प्रहरी वृत्तका प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ ।

यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here